Khabar Samachar

Search
Close this search box.

नयाँ मतदाता नामावली दर्ता बन्द

206
VIEWS

सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै नयाँ मतदाता नामावली प्रक्रिया रोकिएको निर्वाचन आयोगले जनाएको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सरकारले चुनावको मिति घोषणा गरेपछि नयाँ मतदाता नामावली रोकिएको बताए।

‘हामीलाई औपचारिक पत्र आइसकेको छैन, सञ्चारमाध्यमबाट थाहा पाएका हौँ, चुनावको मिति घोषणा भएपछि नयाँ मतदाता नामावली भर्न रोकिन्छ,’ शर्माले भने, ‘भोलिबाट सबै निर्वाचन कार्यालयमा रोक्न पत्राचार गछौँ।’

सरकारले मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन गर्ने मिति तय गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित