Khabar Samachar

थाइल्यान्डको नाइट क्लबमा आगलागी, १४ जनाको मृत्यु

205
VIEWS

थाइल्यान्डको दक्षिणपूर्वी प्रान्त चोनबुरीस्थित एउटा नाइट क्लबमा आगो लाग्दा कम्तीमा १४ जनाको ज्यान गएको छ। आगलागीमा परि ४० जना घाइते भएको समाचार संस्था एपीले जनाएको छ।

स्थानीय समय अनुसार शुक्रबार १२:४५ बजे बजे सताहिप जिल्लास्थित माउन्टेन बी नाइटस्पोटमा आगलागी भएको थियो।

प्रत्यक्षदर्शीहरूले स्टेज नजिकैको छतमा धुवाँ र आगो देखेको र त्यसपछि विस्फोटहरू भएको बताएका छन्। आगो निभाउन अग्नि नियन्त्रकहरूलाई दुई घण्टा लागेको थियो।

१३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने शरीरको ९० प्रतिशतभन्दा बढी जलेको अर्का एक व्यक्तिको पछि मृत्यु भएको प्रहरीले जनाएको छ।

अस्पतालका अनुसार १५ जना बिरामी गम्भीर छन्। उनीहरूको शरीरको ६० प्रतिशतभन्दा बढी भाग जलेको छ। दुई जना गम्भीर बिरामीलाई थप उपचारका लागि बैंककको अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

आगलागीको कारण खुलेको छैन। घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित