Khabar Samachar

एकैदिन ९३४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु

206
VIEWS

पछिल्लो २४ घण्टामा देशभर थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सोही समयमा एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३५१ जनाको परीक्षणमा ९३४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार २ हजार ८६२ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जना र २ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३६ जनामा संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ४७० जना कोरोना संक्रमण मुक्त भएका छन् भने हाल नेपालमा ५६८६ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित