भारतका लोकप्रिय कमेडियन राजु श्रीवास्तवलाई हृदयाघात भएको छ। बुधबार एक्कासी स्वास्थ अवस्था बिग्रिएपछि उनलाई दिल्लीस्थित एम्स अस्पताल भर्ना गरिएको थियो।
हृदयघात भएपछि उनलाई उपचारको लागि दिल्लीको सरकारी अस्पताल एम्समा भर्ति गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
उनी होटलको जिममा वर्कआउट गरिरहेका थिए। ट्रेडमिलमा रहेका बेला छाती दुखेर भुइँमा लडेका थिए। त्यसलगत्तै उनलाई अस्पताल पुर्याइएको हो।राजुका भाइ दीपुले यसको पुष्टि गरेका छन्। उनले भने, ‘राजु होटलको जिममा वर्कआउट गर्दै थिए। ट्रेडमिलमा भएको बेला छातीको दुःखाइ बल्झिएपछि तल झरेका थिए।’
उनको उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य अवस्था अहिले स्थिर छ। हाल आईसीयुमा उपचार भइरहेको छ।
Discussion about this post