Khabar Samachar

प्रहरी समायोजनको माग गर्दै संघीय सरकारविरुद्ध मधेश प्रदेश सरकार धर्नामा

205
VIEWS

 प्रहरी समायोजनको माग गर्दै मधेश प्रदेश सरकारले धर्ना सुरु गरेको छ। एक हप्ताको अल्टिमेटम दिँदासमेत माग सम्बोधन नभएको भन्दै मधेश सरकारले आइतबारबाट धर्ना सुरु गरेको हो।

पटक-पटक आग्रह गर्दा पनि प्रदेशलाई प्रहरी हस्तान्तरण नगरेको भन्दै संघीय सरकारविरुद्ध मधेसका मुख्यमन्त्री र मन्त्रीहरु धर्ना बसेका छन् ।

प्रदेश सरकारको कार्यकालयमा आइतबारबाट मुख्यमन्त्री लालबाबु राउतसहितका अन्य मन्त्रीहरु धर्नामा बसेका हुन्। ‌। बिहान ११ः५० मा सुरु भएको धर्ना २ घण्टासम्म जारी राख्ने गृह तथा सञ्चारमन्त्री भरत साहले जानकारी दिए ।

संविधानमै प्रदेशलाई प्रहरी हस्तान्तरण गर्ने व्यवस्था छ । तर, संघले प्रहरी समायोजन गर्न चाहेको छैन । प्रधानमन्त्रीलाई प्रहरी समायोजनको काम अगाडि बढाउन पटक-पटक आग्रह गर्दा पनि बेवास्ता गरिएपछि गृह तथा सञ्चारमन्त्री साहले पत्रकार सम्मेलन गरी सातदिने अल्टिमेटम दिएका थिए ।

अल्टिमेटम दिएको समयभित्र पनि प्रदेशलाई प्रहरी हस्तान्तरण नगरेपछि बाध्य भएर अनसनमा बस्नुपरेको मन्त्री साहले बताए । माग पूरा नभएसम्म संघीय सरकारविरुद्ध आन्दोलन जारी राख्ने उनले जानकारी दिए ।

अनसनमा प्रतिपक्षी दल लोसपा र एमाले भने सहभागी छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित