Khabar Samachar

Search
Close this search box.

वामदेव गौतम पनि माओवादीबाटै चुनाव लड्ने

207
VIEWS

एमाले पार्टीबाट राजीनामा दिएर दलविहीन बनेका राष्ट्रिय सभाका सांसद वामदेव गौतम अब माओवादी केन्द्रसँग जोडिने भएका छन्।नेकपा (राष्ट्रिय एकता अभियान) का संयोजक वामदेव गौतम पनि नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट आगामी संसदीय निर्वाचनमा सहभागी हुने भएका छन्।

वामदेवलाई पार्टीको चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडाबाट लड्न दिने स्वीकृति मंगलबार बिहान बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले दिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

‘राष्ट्रिय एकता अभियानका संयोजक कामदेव गौतम र बाबुराम भट्टराई कमरेडले हाम्रो चुनाव चिह्नबाट आगामी संसदीय चुनावमा लड्ने विचार गर्नुभयो,’ महराले बैठकपछि सञ्चारकर्मीसँग भने, ‘त्यसलाई हामी स्वागत गर्छौं। उहाँहरु र उहाँको पार्टीका अन्य सदस्यहरुलाई चुनावमा सहभागी हुन हामीले स्वीकृति गर्यौं।’

उनीहरुले केही शर्त राखेको भन्दै महराले पाँच दलीय सत्ता गठबन्धनभित्र छलफल गरेर टुंगो लगाउने जानकारी दिए।

एउटै चुनाव चिन्हबाट सहभागी हुनेबारे मंगलबारै निर्वाचन आयोगमा पुगेर जानकारी गराइने अर्का नेता हरिबोल गजुरेलले बताएका छन्।

तत्कालीन नेकपामा विभाजन देखिएपछि तटस्थ बसेका वामदेव एमाले ब्यूँतिएपछि केपी शर्मा ओली नेतृत्वमा बस्न नसक्ने भन्दै बाहिरिएका थिए।

त्यसपछि नेकपा राष्ट्रिय एकता अभियान नामक दल पनि उनले निर्वाचन आयोगमा दर्ता गराएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित