Khabar Samachar

बन्चरेडाँडामा फोहोर फाल्न अवरोध गरेपछि हवाईफायर

295
VIEWS

काठमाडौंबाट फोहोर बोकेर गएको गाडीलाई अवरोध गरेपछि बञ्चरेडाँँडामा प्रहरीले केही सेल अश्रुग्याँस र ५ राउण्ड हवाईफायर गरेको छ । फोहोरको गाडी लिएर अगाडी बढ्न खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले अश्रुग्याँस हानेको थियो ।

बञ्चरेडाँडामा प्रहरीले मकैबारी र धानखेतमा रहेको आन्दोलनकारीलाई लखेटेपछि डाँडामा रहेका स्थानीयले ढुंगा लडाएका हुन् । त्यसपछि प्रहरीले हवाई फायर गरेको थियो ।

त्यसपछि स्थानीयबासिन्दाले प्रहरीमाथि नै ढु‌ंगामुढा गरेपछि हवाई फायर गर्नु परेको काठमाडौं प्रहरी प्रवक्ता प्रहरी उपरिक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

धुनवेशी नगरपालिका १ का अध्यक्ष मानबहादुर तामाङका अनुसार प्रहरीले अवरोध गर्न नछोडे थप बल प्रयोग गर्ने भन्दै स्थानीयबासिन्दालाई चेतावनी दिएका छन् ।

प्रहरीले मकैबारी र धानखेतमा रहेको आन्दोलनकारी लखेटेपछि केहि अगाडी बढेता पनि डाँडामा रहेका स्थानीयबासिन्दाले ढुंगा र गुलेली हानेपछि झडप भएको एक वडाध्यक्ष तामाङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित