Khabar Samachar

बालेनलाई राजेन्द्र लिङ्देनको जवाफ : राप्रपाका कार्यकर्ता संलग्न भए कारबाही हुन्छ

207
VIEWS

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उपत्यकाको फोहोर व्यवस्थापनमा अवरोध गर्ने कार्यमा पार्टीका कार्यकर्ता संलग्न हुन नसक्ने स्पष्ट गरेका छन् । उनले फोहोर व्यवस्थापनमा अवरोध गर्न राप्रपाको पनि संलग्नता भएको भनेर काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले लगाएको आरोपमा जवाफ दिँदै त्यसमा कोही कार्यकर्ता संलग्न भएको पाइए कारबाही हुने बताए । यसबारेमा जिम्मेवार स्थानबाट गलत प्रचार भएको उनको भनाइ छ ।

 

‘काठमाडौंको फोहर व्यवस्थापनमा अवरोध गर्ने क्रममा राप्रपाको पनि संलग्नता भएको भन्ने समाचारको कडा खण्डन गर्न चाहान्छु। राप्रपा फोहोरमा राजनीति गर्ने जस्तो फोहोरी काम गर्दैन’, मंगलबार राति उनले भनेका छन्, ‘फोहर बोकेका गाडीहरू अवरूद्ध गर्ने काममा राप्रपाको संलग्नता छैन र रहने छैन मात्र होईन यसप्रकारका गतिविधिमा कुनै कार्यकर्ता संलग्न भएमा त्यस्ता कार्यकर्तालाई कार्वाही समेत गर्नेछ । जिम्मेवार स्थानबाट गलत प्रचार हुनु उचित हैन।’
यसअघि शाहले सोमबार फोहोर बञ्चरेडाँडामा लैजाने क्रममा सत्तारुढ दलहरुकै स्थानीय नेताहरुको अगुवाइमा सडक अवरुद्ध हुँदा विपक्षी दल एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि साथ दिएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित