Khabar Samachar

देव गुरुङ बने माओवादी केन्द्रका महासचिव

208
VIEWS

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले २० जना पदाधिकारी चयन गरेको छ।

काठमाडौंको पेरिशडाँडामा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  २० जना पदाधिकारी प्रस्‍ताव गरेका थिए। सो प्रस्ताव पारित भएको एक नेताले जानकारी दिए।

बैठकले महासचिवमा देव गुरुङलाई चयन गरेको छ। अध्यक्ष प्रचण्डले गुरुङको नाम महासचिवका लागि बैठकमा प्रस्ताव गरेका थिए।

यस्तै महासचिवका लागि दुई मुख्य दाबेदार मानिएका नेता वर्षमान पुन र जनार्दन शर्माले भने उपमहासचिवको जिम्मेवारी पाएका छन्।

कृष्णबहादुर महरालाई उपाध्यक्षको जिम्ममेवारी दिइएको छ। उपमहासचिवमा पुन र शर्मासँगै हरिबोल गजुरेल, पम्फा भुसाल र मात्रिका यादव चयन भएका छन्।

यस्तै माओवादीको सचिवमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, लिलामणि पोखरेल, देवेन्द्र पौडेल, हितमान शाक्य, हित राज पाण्डे, डिल्लीराम आचार्य र राम कार्कीलाई चयन गरिएको छ।

कोषाध्यक्षमा भने श्रीराम ढकाल चयन भएको माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए। उनले हाल दिइएको जिम्मेवारी विशेष महाधिवेशनसम्मका लागि मात्र भएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित