अनधिकृत संरचना हटाउन काठमाडौंका मेयर बिहान नयाँ बानेश्वर-शंखमुल क्षेत्रमा पुगेका छन् ।
बिहीबार बिहान नयाँ बानेश्वर-शंखमुल क्षेत्रमा अनुमति बीना बनाइएका संरचना हटाउनू भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीसहित टोली पुगेको हो।
टोलीले पार्किङका लागि बनाइएको भूमिगत संरचना व्यापारिक प्रायोजनका लागि भाडामा लगाइएको भन्दै खाली गर्न निर्देशन दिएको हो।
अवलोकन अगाडि काठमाडौं १० नम्बर वडा कार्यालयमा वडाका जनप्रतिनिधिसहित छलफल गरेर अनाधिकृत संरचना बनाएको ठाउँमा मेयर सहितको टोली पुगेको महानगरपालिकाले जनाएको छ।
बानेश्वर र शंखमूल रोडमा अन्डरग्राउन्ड पार्किङ गर्नुपर्नेमा पार्किङ नगरी व्यवसायीलाई भाडा दिएका ठाउँमा पनि बालेन पुगेका छन्।
व्यवसायीहरुलाई घरबेटीलाई बेसमेन्ट पार्किङको लागि भन्दै घरबेटीलाई जानकारी गराउनुस् भन्दै सटर लगाएर प्याकिङ गर्न निर्देशन दिए। यस्तै अल्फाबिटा कम्प्लेक्सको बेसमेन्टमा बनाइएको व्यापारिक प्रायोजनका संरचना तत्काल खाली गर्ने निर्देशन समेत दिएका छन्।
Discussion about this post