Khabar Samachar

केपी ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा जाने एमालेको निर्णय

211
VIEWS

नेकपा एमालेले आगामी निर्वाचनमा पार्टीको तर्फबाट प्रधानमन्त्रीको एकल उम्मेदवारका रुपमा अध्यक्ष केपी शर्मा ओलीलाई अघि सार्ने भएको छ ।

केन्द्रीय कमिटीको शनिबार सम्पन्न बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा लिएर चुनावमा जाने निर्णय भएको केन्द्रीय सदस्य ऐन महरले जानकारी दिए ।

बैठकमा उपमहासचिव प्रदिप ज्ञवालीले प्रस्तावहरु सुनाउँदै अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गरेका हुन् । सो निर्णय सर्वसम्मत रुपमा पारित भएको महरले बताए ।

बैठकले उम्मेदवार सिफारिसका लागि आवश्यक मापदण्डहरुसहित जिल्ला र क्षेत्रीय कमिटीहरुलाई सर्कुलर गर्ने निर्णय समेत गरेको छ । ज्ञवालीले ओलीलाई प्रधानमन्त्रीको भावी उम्मेदवारका रुपमा प्रस्तुत गर्दा हलमा दुई मिनेटसम्म ताली बजेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित