Khabar Samachar

हट्यो इन्द्रचोकको पार्किङ

238
VIEWS

काठमाडौं महानगरपालिकाले इन्द्रचोकको पार्किङ हटाउन सुरु गरेको छ ।

इन्द्रजात्रालाई लक्षित गरेर इन्द्रचोकको पार्किङ हटाउन मंगलबार पर्यटनमन्त्री जीवनराम श्रेष्ठले स्थलगत अनुगमन गर्दै निर्देशन दिएपछि बुधबारदेखि पार्किङ हटाउन सुरु गरेको महानगर प्रहरीले जनाएको छ ।वसन्तपुर चोकदेखि इन्द्रचोक क्षेत्र र असन गल्ली, मखन गल्लीतर्फ सबैतिरबाट गाडी आउने भएकोले अव्यवस्थित बनेकोले जात्रा सञ्चालन गर्न कठिनाइ हुने भन्दै पार्किङ हटाउन थालिएको महानगर प्रहरीले जनाएको छ ।यस वर्षको इन्द्रजात्रा लक्षित कार्यक्रमहरु सुरु भइसकेका छन् । जात्राको पहिलो क्रियाकलापअन्तर्गत १३ भदौमा इन्द्रध्वजका रुपमा गाडिने रुख कटान भइसकेको छ । १९ गते बिहान ७ बजेर २४ मिनेटको साइतमा इन्द्रध्वजलाई नगर प्रवेश गराइनेछ ।त्यस्तै २२ गते बुधबार बिहान ७ बजेर १७ मिनेटको साइतमा इन्द्रध्वज उत्थान हुने महानगरपालिकाले जनाएको छ । २४ भदौमा कुमारी रथ यात्रा सुरु हुनेछ । यस दिन तल्लो टोलमा रथ घुमाइनेछ । यसैगरी २५ भदौमा माथिल्लो टोलमा रथ घुमाइनेछ । २९ भदौ नानिचा यात्रा रहेको छ र सोही दिन साँझ ७ बजेर ३३ मिनेटको साइतमा इन्द्रध्वज ढालेपछि यस वर्षको जात्रा सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित