काठमाडौं-४ बाटै चुनाव लड्छु – गगन थापा

204
VIEWS

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं–४ बाटै प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिने बताएका छन्। कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका लागि दिएको मनोनयन फारम सामाजिक सञ्जालमार्फत् बाहिरिएपछि उनले यस्तो प्रष्टीकरण दिएका हुन्।

‘म काठमाडौँ–४ मै लड्छु। यता कसैले आवेदन मागेको छैन। मैले दिएको पनि छैन। तर, मेरो नाम सिफारिस भैहाल्छ,’ उनले  भने, ‘कास्की १ बाट मनोनयन फारम दर्ता गरिएको बारेमा केही जानकारी छैन।’

महामन्त्री थापाले केही सञ्चारमाध्यमहरुमा आफूले काठमाडौँ–४ मा उम्मेदवार बन्नका लागि निवेदन दिएको बारेमा आएको समाचार प्रति पनि आश्चर्यता प्रकट गरे।

यसअघि भानुभक्त ढकालमार्फत उनका नाममा कास्की १ बाट उम्मेदवार बन्न दर्ता गरेको निवेदन सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित