Khabar Samachar

लौरो अभियानको आह्वान : एकपटक मौका दिनुुस्, स्वतन्त्रलाई जिताउनुस्

204
VIEWS

सुमन सायमी नेतृत्वको ‘स्वतन्त्र तथा बैकल्पिक शक्तिको लौरो अभियान’ ले दलीय वेथितिबाट मुलुकलाई मुक्त गर्न स्वतन्त्र उम्मेदवारहरुलाई जिताउन आह्न गरेको छ । अभियानका अभियान्ताहरुले उम्मेदवारी घोषणा गर्दै बैकल्पिक र स्वतन्त्रहरु एकीकृत भएर देशको माटो र संस्कृति संरक्षण गर्नुपर्ने अवस्था आएको बताएका थिए ।

आज ललितपुरमा कार्यक्रम गरेर उक्त अभियानले एकै चुनाव चिन्ह र साझा घोषणा पत्रका साथ संयुक्त प्रचारप्रसार गर्ने पनि बताएका छन्। कार्यक्रममा विद्या महर्जन, राजाराम तण्डुकार, मधुसुदन पाठक, भिष्म रानालगायत उपस्थित थिए।

अभियानले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ मधुसुदन पाठक ‘सिते वा’ काठमाडौ ५, विद्या श्रेष्ठ काठमाडौ ९, रोहन कार्की काठमाडौ २, राजाराम तण्डुकार ललितपुर ३, भिष्म राना रुपन्देही ५ र दहे स्तम्भ ‘लोकेन्द्र’ भक्तपुर २ बाट उम्मेदवार बनेको घोषणा गरिएको छ ।

त्यस्तै प्रदेशसभातर्फ गजेन्द्रकुमार भगत उदयपुर १, विनोद वजगाई काठमाडौ २ को ‘क’ अनिलकुमार पाण्डे महोत्तरी २ ‘ख’, बाट उम्मेदवार घोषणा गरेका छन् । उम्मेदवारहरुलाई कार्यक्रममा चुनाव चिन्ह लौरो र राष्ट्रिय झण्डा प्रदान गरिएको छ । सो क्रममा ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनको उम्मेद्वारी घोषणा गरेका राजाराम तण्डुकारले भ्रष्टाचार नियन्त्रण र दलीय वेथितिबाट मुक्त गर्न अभियान चलाउनुपरेको बताए ।
उनले नागरिकले राज्यबाट पाउने सामान्य सेवा समेत पाउन नसकेकाले ‘स्वतन्त्र तथा बैकल्पिक शक्तिको लौरो अभियान’ आवश्यक परेको बताए ।

त्यस्तै भिष्मकुमार रानाले स्वतन्त्र उम्मेदवारहरुलाई एकपट मौका दिन आग्रह गरे । ‘मंसिरको निर्वाचनमा एकपटक मौका दिनुस् स्वतन्त्रलाई जिताउनुस्’, उनको आग्रह छ ।   त्यस्तै दहे स्तम्भ ‘लोकेन्द्र’ ले आफुहरु निर्वाचित भएर गलत काम गरे आत्मदाह गर्न तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित