Khabar Samachar

Search
Close this search box.

एयरपोर्ट स्थित शम्भु मार्गमा रहेको काठमाडौँ इन होटेलमा लगेर सन्दीपले बलात्कार गरेको आरोप

340
VIEWS

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको किटानी जाहेरी दर्ता भएको छ । प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी दर्ता भएको उपत्यका प्रहरी कार्यालयका एआईजी रवीन्द्र धानुकले बताए ।

मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेपछि सो सूचना काठमाडौँका एसएसपी भरत बोहराकहाँ पुगेको थियो । बोहराले उपत्यका प्रहरी कार्यालयका एआईजी रवीन्द्र धानुकलाई त्यसबारे जानकारी गराए । ‘जाहेरी दर्ता भएर अनुसन्धान सुरु भएको छ’ एआईजी धानुकले भने ।

प्रहरी स्रोतका अनुसार नाबालिग १७ वर्षीया हुन् । स्न्यापच्याट र हवाट्एप मार्फत कुराकानी भएपछि नाबालिगलाई सन्दीपले घुम्न लगेका थिए । आफूलाई नगरकोटमा लगेर घुमाएको पीडितले जाहेरीमा उल्लेख गरेकी छिन् ।

अनुसन्धान अधिकृतहरूका अनुसार एयरपोर्ट स्थित शम्भु मार्गमा रहेको काठमाडौँ इन होटेलमा लगेर सन्दीपले बलात्कार गरेको आरोप छ । सो होटेलमा प्रहरीले घटनास्थल मुचुल्का गर्ने तयारी गरेको छ । नगरकोटमा पीडितलाई घुमाएको होटल, रेष्टुरेष्टको  सिसिटिभी  फुटेज सङ्कलनका लागि अनुसन्धान टोली परिचालन गरिएको छ ।

प्रहरीले थापाथली अस्पतालमा पीडितका स्वास्थ्य परीक्षण गराएको छ । नाबालिगले आफ्नो साथीसँग सन्दीपले बलात्कार गरेको कुरा सेयर गरेपछि घटना बाहिरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित