Skip to main content

Khabar Samachar

Search
Close this search box.

चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली नेपालमा

205
VIEWS

चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सु चार दिने भ्रमणको लागि काठमाडौं आइपुगेका छन् । सभामुख अग्नि सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका ली साढे ३ बजे त्रिभुवन विभानस्तलमा अवतरण गरेका हुन् ।

चिनियाँ विशेष विमानबाट ६७ जनाको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भ्रमणमा आएका लीलाई सभामुख सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका छन् । उनी विमानस्थलबाट सिधै उनको बस्ने व्यवस्था गरिएको होटल सोल्टी गएका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा लीलाई सभामुख अग्निप्रसाद सापकोटा र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका छन् । लीले नेपाली समकक्षी अग्नि सापकोटासँग अपराह्न ५ बजे संसद् भवनमा भेटवार्ता र सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ । त्यसपछि आजै उनको सम्मानमा सोल्टी होटलमा डिनर राखिएको छ । नेपाल भ्रमणका क्रममा लीले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणको तेस्रो दिन उनी बुधबार बिहान भक्तपुर भ्रमण गर्नेछन् । त्यसपछि सोही दिन अपरान्ह ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग उनको भेट हुनेछ । राष्ट्रपतिसँगको भेटपछि संसद भवनमा समकक्षी सापकोटासँग पुन: भेट गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि बिहीबार बिहान चिनियाँ जनकंग्रेस अध्यक्ष ली नेतृत्वको प्रतिनिधिमण्डल दक्षिण कोरिया प्रस्थान गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित