Khabar Samachar

चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली नेपालमा

204
VIEWS

चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सु चार दिने भ्रमणको लागि काठमाडौं आइपुगेका छन् । सभामुख अग्नि सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका ली साढे ३ बजे त्रिभुवन विभानस्तलमा अवतरण गरेका हुन् ।

चिनियाँ विशेष विमानबाट ६७ जनाको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भ्रमणमा आएका लीलाई सभामुख सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका छन् । उनी विमानस्थलबाट सिधै उनको बस्ने व्यवस्था गरिएको होटल सोल्टी गएका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा लीलाई सभामुख अग्निप्रसाद सापकोटा र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका छन् । लीले नेपाली समकक्षी अग्नि सापकोटासँग अपराह्न ५ बजे संसद् भवनमा भेटवार्ता र सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ । त्यसपछि आजै उनको सम्मानमा सोल्टी होटलमा डिनर राखिएको छ । नेपाल भ्रमणका क्रममा लीले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणको तेस्रो दिन उनी बुधबार बिहान भक्तपुर भ्रमण गर्नेछन् । त्यसपछि सोही दिन अपरान्ह ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग उनको भेट हुनेछ । राष्ट्रपतिसँगको भेटपछि संसद भवनमा समकक्षी सापकोटासँग पुन: भेट गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि बिहीबार बिहान चिनियाँ जनकंग्रेस अध्यक्ष ली नेतृत्वको प्रतिनिधिमण्डल दक्षिण कोरिया प्रस्थान गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित