Khabar Samachar

बालाजुको सार्वजनिक जग्गामा सञ्चालित ड्राइभिङ सेन्टरमा डोजर

203
VIEWS

काठमाडौं महानगरपालिकाले वडा नम्बर १६ बालाजुको सार्वजनिक जग्गामा सञ्चालित ड्राइभिङ सेन्टरमा डोजर चलाएको छ ।

१६ नम्बर वडाका एक जनप्रतिनिधिका अनुसार विष्णुमती नदीको जग्गा उकास क्षेत्रलाई ओगटेर गुरुङ मोटरसाइकल ड्राइभिङ सेन्टर चलिरहेको थियो ।

महानगरका एक कर्मचारीका अनुसार यसअघि उक्त ड्राइभिङ सेन्टर अनुमति विना सञ्चालन भइरहेको, सार्वजनिक जग्गा ओगटेर बसेको भए पनि साँठगाँठकै आधारमा छाडिएको थियो । तर नयाँ जनप्रतिनिधि आएपछि डोजर चलाइएको हो ।

‘विष्णुमतीको नदी उकास क्षेत्रमा १५–१६ रोपनी जग्गा गुरुङ ड्राइभिङ सेन्टर र अन्य व्यक्ति ओगटेर बसेका छन् । यो विषयमा महानगरका अघिल्लो जनप्रतिनिधि र कर्मचारीलाई थाहा नभएका होइन तर सबै मौन थिए । आजबाट डोजर चलेको छ’, १६ नम्बर वडाका एक जनप्रतिनिले  भने ।ती जनप्रतिनिधिका अनुसार नदी उकास भएको सार्वजनिक जग्गामा भू–माफियाले केहि टहरा बनाएर सुकुम्बासी भनेर सरकारसँग लालपुर्जा लिने समेत तयारी छ । उनले गुरुङ मोटरसाइकल ड्राइभिङ सेन्टरको नाम लिए पनि अन्यको भने लिएनन् ।उनले भने, ‘विष्णुमती किनारका धेरै जग्गा भूमाफियाहरुले कब्जा गरेका छन् । केही साँच्चै गरिब छन् तर अधिकांशले व्यापारिक प्रयोजनको लागि जग्गा हडपेका छन् । केही स्थानीयले भने किनारमा धान खेती समेत गरेका छन् ।’काठमाडौं महानगरपालिकाले भने यो विषयमा थप नापजाँच गर्न आवश्यक रहेको बताएको छ । महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले सार्वजनिक जग्गा र नदी उकासको जग्गाको विषयमा नापी विभागबाट अमिन सहितको टोली लगेर नापजाँच गरी कारबाही गर्ने बताए । ‘आज हामीले भत्काएको ड्राइभिङ सेन्टर स्पष्ट रुपमा सार्वजनिक भएको र सञ्चालकले समेत स्वीकार गरेका छन् । अन्य स्थानको विषयमा महानगरले नापजाँच गरेर काम गर्छ,’ पाण्डेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित