Skip to main content

Khabar Samachar

Search
Close this search box.

बालाजुको सार्वजनिक जग्गामा सञ्चालित ड्राइभिङ सेन्टरमा डोजर

206
VIEWS

काठमाडौं महानगरपालिकाले वडा नम्बर १६ बालाजुको सार्वजनिक जग्गामा सञ्चालित ड्राइभिङ सेन्टरमा डोजर चलाएको छ ।

१६ नम्बर वडाका एक जनप्रतिनिधिका अनुसार विष्णुमती नदीको जग्गा उकास क्षेत्रलाई ओगटेर गुरुङ मोटरसाइकल ड्राइभिङ सेन्टर चलिरहेको थियो ।

महानगरका एक कर्मचारीका अनुसार यसअघि उक्त ड्राइभिङ सेन्टर अनुमति विना सञ्चालन भइरहेको, सार्वजनिक जग्गा ओगटेर बसेको भए पनि साँठगाँठकै आधारमा छाडिएको थियो । तर नयाँ जनप्रतिनिधि आएपछि डोजर चलाइएको हो ।

‘विष्णुमतीको नदी उकास क्षेत्रमा १५–१६ रोपनी जग्गा गुरुङ ड्राइभिङ सेन्टर र अन्य व्यक्ति ओगटेर बसेका छन् । यो विषयमा महानगरका अघिल्लो जनप्रतिनिधि र कर्मचारीलाई थाहा नभएका होइन तर सबै मौन थिए । आजबाट डोजर चलेको छ’, १६ नम्बर वडाका एक जनप्रतिनिले  भने ।ती जनप्रतिनिधिका अनुसार नदी उकास भएको सार्वजनिक जग्गामा भू–माफियाले केहि टहरा बनाएर सुकुम्बासी भनेर सरकारसँग लालपुर्जा लिने समेत तयारी छ । उनले गुरुङ मोटरसाइकल ड्राइभिङ सेन्टरको नाम लिए पनि अन्यको भने लिएनन् ।उनले भने, ‘विष्णुमती किनारका धेरै जग्गा भूमाफियाहरुले कब्जा गरेका छन् । केही साँच्चै गरिब छन् तर अधिकांशले व्यापारिक प्रयोजनको लागि जग्गा हडपेका छन् । केही स्थानीयले भने किनारमा धान खेती समेत गरेका छन् ।’काठमाडौं महानगरपालिकाले भने यो विषयमा थप नापजाँच गर्न आवश्यक रहेको बताएको छ । महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले सार्वजनिक जग्गा र नदी उकासको जग्गाको विषयमा नापी विभागबाट अमिन सहितको टोली लगेर नापजाँच गरी कारबाही गर्ने बताए । ‘आज हामीले भत्काएको ड्राइभिङ सेन्टर स्पष्ट रुपमा सार्वजनिक भएको र सञ्चालकले समेत स्वीकार गरेका छन् । अन्य स्थानको विषयमा महानगरले नापजाँच गरेर काम गर्छ,’ पाण्डेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित