काठमाडौंको गैरीगाउँमा एक युवाको शव फेला परेको छ।
आइतबार बिहान काठमाडौं महानगरपालिका वडा नम्बर ९ स्थित गैरी गाउँमा एक पुरूषको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए।
तालिम प्राप्त कुकुरसहितको टोली पनि परिचालन गरिएको एसपी मैनालीले बताए।
मृतकको टाउकोमा चोट लागेको छ।
चोट लाग्दा टाउकोबाट रगत बगेको अवस्थामा शव फेला परेको हो। घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
Discussion about this post