Skip to main content

Khabar Samachar

Search
Close this search box.

टुकुचामाथि बनेका संरचना नभत्काउन उच्च अदालत पाटनको आदेश

205
VIEWS

उच्च अदालत पाटनले टुकुचा खोला भूमिगत बनाइएका ठाउँमाथि बनेका संरचना नभत्काउन आदेश दिएको छ । काठमाडौं महानगरपालिकाले हराएको टुकुचा खोला खोज्दै त्यसमाथि बनाएका संरचनाहरु भत्काउने तयारी गरेपछि उच्च अदालत पाटनले आइतबार उक्त आदेश गरेको हो ।

न्यायाधिश दीपेन्द्रबहादुर बमको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो । दुवै पक्षलाई राखेर छलफल गरेपछि अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा छलफल हुने आदेश भएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए ।

टुकुचालाई भूमिगत बनाइएको ठाउँमाथि बनेका संरचना नभत्काउन माग गर्दै भदौ ३१ गते पाटन उच्च अदालतमा रिट दर्ता भएको थियो । तीनवटा कम्पनीले काठमाडौं महानगरपालिकालाई विपक्षी बनाएर रिट दर्ता गरेका थिए । प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्स, जे-नेक्स इनभेस्टमेन्ट प्रालीसहितका तीन कम्पनीले संयुक्तरुपमा रिट दर्ता गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित