Khabar Samachar

नेकपा एसका बार जिल्ला अध्यक्ष र केन्द्रीय सदस्यसहित दुई सांसद एमालेमा प्रवेश

204
VIEWS

नेकपा एकीकृत समाजवादीका दुईजना सांसद तथा केन्द्रीय सदस्यसहित बारा जिल्लाका एक दर्जन नेता नेकपा एमालेमा फर्किएका छन् । नेकपा एसका बारा जिल्ला अध्यक्ष तथा मधेस प्रदेशका सांसद सुन्दर विश्वकर्मा र केन्द्रीय सदस्य तथा अर्की सांसद सीता गुरुङ एमालेमा फर्किएका हुन् ।

विश्वकर्मा प्रत्यक्ष निर्वाचित हुन् । तत्कालीन एमालेका जिल्ला अध्यक्ष विश्वकर्माले पार्टी विभाजनपछि नेकपा एस रोजेका थिए । उनीहरुसहित ११ जना जिल्ला नेता एमालेमा फर्किएका हुन् ।

अध्यक्ष केपी शर्मा अ‍ोलीलाई भेटेर एमाले प्रवेश गर्नेमा केन्द्रीय परिषद सदस्य कौशल किशोर सिंह,महेश विश्वकर्मा,दशरथ राम, विद्या थापा, मिन रहपाल, मन्जु खनाल, मन्जु भट्टराई, अच्छेलाल राम, मुक्ति सहनी लगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित