Khabar Samachar

Search
Close this search box.

महिला प्रहरीलाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा खानीखोलाका इन्स्पेक्टर पक्राउ

211
VIEWS

महिला प्रहरीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा धादिङको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) पक्राउ परेका छन्।

प्रहरी निरीक्षक अपूर्व ढुंगानालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) श्यामबहादुर खत्रीले जानकारी दिए।

ढुंगानालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। खानीखोलामा कार्यरत महिला प्रहरी कर्मचारीमाथि राति जबरजस्ती करणी उद्योग गरेको खबर पाएपछि प्रहरी निरीक्षक ढुंगानालाई झिकाइएको डिएसपी खत्रीले बताए।

उनका अनुसार घटना शनिबार बिहान १ बजेतिर भएको थियो। यसबारे खबर भने बिहान ७ बजे भएको उनले बताए।

‘खबर पाएपछि हामीले उहाँ कहाँ हुनुहुन्छ भनेर बुझ्यौं। उहाँ काठमाडौंमा जानु भएको रहेछ। त्यसपछि यहाँ झिकाएर हामीले दुबै पक्षसँग सोधपुछ गर्‍यौं,’ उनले भने, ‘उनीविरूद्ध जाहेरी परेपछि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएका छौं।’

जिल्ला प्रहरी कार्यालय धादिङले घटनाको अनुसन्धान अघि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित