Khabar Samachar

विवेकशील साझा बाट रवीन्द्र मिश्रलाई हटाउने प्रक्रिया सुरु

218
VIEWS

विवेकशील साझा पार्टीका असन्तुष्ट केन्द्रीय सदस्यहरुले अध्यक्ष रवीन्द्र मिश्रलाई कारबाही गर्ने प्रक्रिया अघि बढाएका छन्। ​

त्यसका लागि आज बिहान बसेको असन्तुष्ट समूहको बैठकले अध्यक्ष मिश्रलाई स्पष्टीकरण माग्ने निर्णय गरेको छ।

असन्तुष्ट समुहको नेतृत्व गरिरहेका संगठन विभाग प्रमुख निर्देश सिलवालले ९० भन्दा बढी सदस्य मिश्रलाई स्पष्टीकरण माग्नुपर्ने पक्षमा रहेकाे दाबी गरे।

‘हामीले बोलाएको बैठकमा ९० जनाभन्दा बढीको उपस्थित थियो। ४० जना भौतिक र ५० जना अनलाइनमार्फत जोडिनुभएको थियो,’ बैठकपछि साेमबार दिउँसाे सिलवालले नेपालखबरसँग भने, ‘बैठकले आइतबार रवीन्द्र मिश्रले एकलौटी ढंगबाट गरेको निर्णय खारेज गर्ने र उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।’

आइतबार भएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष मिश्रले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग पार्टी एकता गर्ने कुराे स्पष्ट नपारेको र प्रदेशका संयोजकहरु एकलौटी रुपमा तोकेको भन्दै अधिकतर केन्द्रीय सदस्यले विरोध गरेका थिए।

त्यसैको प्रतिक्रियास्वरुप उनीहरुकाे समूहले सोमबार बिहान छुट्टै बैठक राखेको हाे। १५३ केन्द्रीय सदस्यमध्ये ९० जनाभन्दा बढी मिश्रका विपक्षमा उभिएको उनीहरुको दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित