Khabar Samachar

जोरपाटी-साँखु सडकखण्डको काम दुई वर्षमा सम्पन्न नभए राजीनामा दिन्छु – ओनसरी घर्ती

205
VIEWS

नेकपा माओवादी केन्द्रबाट काठमाडौं- २ को उम्मेदवार बनेकी ओनसरी घर्तीले जोरपाटी-साँखु सडकखण्डको स्तरोन्नति तथा सम्पन्न गराउने काममा ढिलाइ भएको भन्दै त्यसलाई छिट्टै सम्पन्न गर्ने बताएकी छिन्।

आइतबार आयोजित सत्ता गठबन्धनको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले भनिन्– ‘जोरपाटी-साँखु सडकखण्डको स्तरोन्नति तथा सम्पन्न गराउने काम जसरी ढिलाइ भएको छ। म घोषणा गर्न चाहन्छु, आगामी दुई वर्षमा यदि त्यो काम मैले सम्पन्न गर्न सकिनँ भने म राजीनामा गर्छु। म उद्घोष गर्छु।’

घर्ती सत्ता गठबन्धनको साझा उम्मेदवार हुन्। उनीसँग एमालेका मणिराम फुयालले प्रतिस्पर्धा गर्दैछन्। यो क्षेत्रबाट ३० जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित