Khabar Samachar

Search
Close this search box.

चितवननमा फुट्यो भुईंकटहर समूह

201
VIEWS

स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा माओवादीलाई सर्मथन गरेको भन्दै नेपाली कांग्रेसबाट विद्रोह गरेर उम्मेदवारी दिएको जगन्नाथ पौडेल समूहमा फुट आएको छ ।

जगन्नाथ पौडेल र शम्भु अर्यालहरू एकातिर उभिएका छन् भने पूर्वसांसद भीमबहादुर श्रेष्ठ, पूर्वपार्टी सभापति कृष्णलाल सापकोटा र महासमिति सदस्य मीना खरेल अर्कोतिर भएका छन् ।

चितवन क्षेत्र नं. ३ मा उम्मेदवार उठाउने विषयमा यो समूहभित्र विवाद देखिन्छ । यो समूहबाट खरेल चितवन क्षेत्र नं. ३ बाट उम्मेदवार बन्न चाहन्थिन, तर मेयरमा बागी उठेर हारेका जगन्नाथ पौडेलले नै उम्मेदवारी दिएपछि मीना खरेल, कृष्णलाल सापकोटा र भीमबहादुरहरू असन्तुष्ट बनेका छन् ।

मेयरमा उठेको अनुहार नै संघीय निर्वाचनमा पनि उठ्दा राम्रो सन्देश नजाने भएकोले चेन्ज गरौं भन्दा नमानेपछि आफूहरू त्यहाँ रहन उपयुक्त नभएको खरेलले बताइन् । ‘पौडेल सल्लाहमा नचलेको र सधैं आफूले मात्रै अवसर पाउनुपर्छ भन्ने मत राखेपछि त्यसमा रहन सकिएन’ नेता खरेलले भनिन्, ‘छँदा खाँदाको महासमिति सदस्य पद त्याँगेर जोखिम उठाएको त मैले हो नि !’

मेयरमा उठ्दा पूर्वसभापति कृष्णलाल सापकोटा प्रस्तावक र मिना खरेल सर्मथक बसेका थिए । भुईंकटहर चुनाव चिह्न पाएका पौडेलले १४ हजारभन्दा बढी मत ल्याएका थिए ।

संघीय निर्वाचनमा पौडेलले अरुलाई नै प्रस्तावक र सर्मथक राखेर उम्मेदवारी दर्ता गराए । उनी भने रहरले नभई सबैले भनेर उम्मेदवार बनेको तर्क गर्छन् । ‘समूहको बैठकमा मिनाजी लगायतका सबैले तपाईंले नै उम्मेदवारी दर्ता गर्नुस् भन्नुभएर म उठेको हो । अहिले कुरा फेर्नुभएको छ, मेरो सामुन्ने भन्नसक्नुपर्‍यो,’ नेता पौडेलले भने, ‘मीनाजी नै उठ्न चाहेको भए त बैठकमा भनेको भए छाडिहाल्थे नि ! मेरो कुनै रहर पनि थिएन ।’

भरतपुर महानगरको मेयरमा खर्च विवरण नबुझाएका पौडेलले ७ लाख ५० हजार जरीवाना तिरेर असोज २३ गते उम्मेदवारी दर्ता गरेका छन् । उनको पक्षमा तरुण दलका पूर्वअध्यक्ष शम्भु अर्याल र अर्का नेता आनन्दराज राउत छन् ।

स्थानीय तहको निर्वाचन भूईंकटर चुनाव चिन्ह पाएका पौडेलले यसपटक सूर्यमुखीको फूल चुनाव चिन्ह लिएका छन् ।  ‘मैले गर्दा भुईंकटर चुनाव चिह्न हिट भयो, अर्कोले नै पार्टी दर्ता गरेर लिएछन्, पौडेलले भने, तर मेरो एजेण्डा र मैले लिएको नीति हेरेर मत दिने हो । पौडेलसहित कांग्रेसको असन्तुष्ट भनिएका सबै नेता चितवन क्षेत्र नं. २ का वासिन्दा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित