Khabar Samachar

नागरिक उन्मुक्ति पार्टीको ‘एक प्रदेश एक संकल्प’

202
VIEWS

नागरिक उन्मुक्ति पार्टीले ‘एक प्रदेश एक संकल्प’ अघि सारेको छ । सो पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा एक प्रदेश एक अन्तर्राष्ट्रियस्तरको रंगशालाको अवधारणा अघि सारिएको छ ।  यस्तै एक प्रदेश एक मल कारखाना, एक प्रदेश एक शिक्षण अस्पताल,  एक प्रदेश एक हाइड्रोपावर हाउस, एक प्रदेश एक पहिचान सहितको शिक्षा अध्यापन अवधारणा अघि सारिएको छ । यस्तै रुग्न उद्योग सञ्चालन गर्नुको साथै एक प्रदेश एक कृषियन्त्र कारखाना खेल्ने पनि घोषणापत्रमा उल्लेख छ ।

अबको केही प्रदेश सरकारमा पार्टीको जबरजस्त उपस्थिति रहने घोषणापत्रमा दाबी गरिनेछ । ‘हामीले नेतृत्व गर्ने, प्रदेश सरकारले गर्ने कार्यले नै हाम्रो मार्गदिशा निर्धारण गर्नेछ’, घोषणापत्रमा भनिएको छ, ‘‘हामी हार्ने छैनौं, थाक्ने छैनौं । आफ्नो अधिकारको लडाइँमा कोही पराया डाक्ने छैनौं भन्ने उद्देश्यका साथ अगाडि लम्किरहेका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित