Skip to main content

Khabar Samachar

Search
Close this search box.

डडेलधुरामा कर्ण मल्ललाई समर्थन गर्ने ओलीको घोषणा

210
VIEWS

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डडेलधुरामा कर्ण मल्ललाई नै समर्थन हुने बताएका छन् ।

महेन्द्रनगरको चुनावी सभामा संवोधन गर्दै ओलीले डडेलधुरामा कांग्रेसबाट विद्रोह गरेका मल्ललाई दिएको समर्थन कायमै रहेको बताए ।

‘हामी हाम्रो प्रतिबद्धतामा कायम छौं । मैले सुने त्यहाँ कसैले बक्तव्य निकाल्यो भनेर’ ओलीले भने, ‘तर त्यस्तो अधिकार अरुलाई छैन ।’

डडेलधुरा एमालेले भने मल्ललाई समर्थन नगर्ने निर्णय गरेको छ ।

एमाले डडेलधुराका अध्यक्ष प्रेमबहादुर बोहोरा तथा सचिव शिवराम ताम्राकारले स्वतन्त्र उम्मेदवारी दिएका पूर्व एमाले नेता विक्रमबहादुर शाहीलाई समर्थन गर्ने निर्णय गरेको विज्ञप्ति निकालेका थिए ।

तर अध्यक्ष केपी शर्मा ओलीले त्यो विज्ञप्ति निकाल्ने अधिकारी अरुलाई नभएको बताए ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग विद्रोह गर्दै कर्ण मल्लले नेपाली कांग्रेस वीपीबाट राजनीतिक थालेका छन् । मल्लसँग चुनावी तालमेल गर्ने भन्दै एमालेले डडेलधुरामा प्रतिनिधि सभातर्फ उम्मेदवार उठाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित