Skip to main content

Khabar Samachar

Search
Close this search box.

मनिषा कोइरालाले राप्रपाको चुनावी सभालाई सम्बाेधन गर्ने

207
VIEWS

चर्चित बलिउड अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी कार्यक्रममा सहभागी हुने घोषणा गरेकी छन् । मनिषा कांग्रेसका संस्थापक एवम् पूर्वप्रधानमन्त्री बिपी कोइरालाकी नातिनी हुन् ।

कोइरालाले राप्रपाको कात्तिक २५ गते काठमाडौंको बसन्तपुरमा दिउँसो १ बजे, त्यसअघि पोखरा र स्याङ्जामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

त्यस्तै, कोइरालाले ट्वीटरमार्फत आफ्नो व्यस्त कार्यतालिकाबाट विश्राम लिएर राप्रपाको चुनावी सभामा सहभागी हुन घर जान लागेको उल्लेख गरेकी छन् ।

उनले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई गतिशील, दूरदर्शी एवम् युवा नेताको रुपमा चित्रण गरेकी छन् । लिङदेनको राष्ट्रियता र देशको इतिहास र सांस्कृतिक बुझाइले समकालीन नेताहरुभन्दा माथि राखेको मनिषाले बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित