Khabar Samachar

पहिलो खेलमा नेपाल यूएईसँग ८४ रनले पराजित

205
VIEWS

 

घरेलु टोली नेपाल संयुक्त अरब इमिरेन्ट्स (युएई) सँगको एक दिवसीय सिरिजको पहिलो खेलमा पराजित भएको छ।

सोमबार कीर्तिपुरमा भएको अन्तर्राष्ट्रिय एक दिवसीय खेलमा युएईले दिएको २६४ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै १७९ रन मात्र बनाउन सक्यो।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५४ रन बनाए। ८४ बल खेलेका उनले ६ चौका प्रहार गरेका थिए।

यस्तै अर्जुन साउदले ७९ बल खेल्दै डेब्यूमै अर्धसतक प्रहार गरेका छन्। उनले ५ चौका प्रहार गरे।

ज्ञानेन्द्र मल्ल शून्यमा आउट हुँदा हरिशंकर साहले ८ रन जोडे। कुशल भुर्तेल ६, सोमपाल कामी र करन केसी ३-३ रन बनाए। यस्तै गुल्सन झाले १९ रन बनाए।

नेपाललाई  सस्तैमा रोक्न युएईकाआयन अफजाल खानले सर्वाधिक ४ विकेट लिए। एक दिवसीय करियरमा उत्कृष्ट बलिङ गरेका उनले १० ओभरमा ४ मेडन राख्दै १४ रन खर्चिए।

यस्तै बसिल हामिदले २ विकेट लिए। यस्तै जाहुर खान, रोहन मुस्ताफा र अमेद राजाले १-१ विकेट लिए।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६३ रन बनाएको हो।

युएईका लागि रोहन मुस्ताफाले सर्वाधिक ५३ रन बनाए। सोमपाल कामीको बलमा आशिफ शेखबाट क्याच आउट हुनुअघि उनले ७३ बलमा ७ चौका प्रहार गरे।

उत्कृष्ट सुरूआत गरेको युएईले पहिलो विकेटका लागि ओपनर मोहम्मद वासिम र भित्या अर्बिन्दले १४.२ ओभरमा ७५ रनको साझेदारी गरेका थिए।

गुल्सन झाबाट बोल्ड हुनु अघि मोहम्द वासिमले ४४ रन बनाए। उनले ४१ बलमा ६ चौका र १ छक्का प्रहार गरेका थिए। यस्तै दीपेनद्र सिंह ऐरीको बलमा एलबीडब्लु आउट हुनुअघि भ्रितिया अर्बिन्दले ८२ बलमा ६ चौकासहित ४० रन बनाए।

कप्तान सिपी रिजवानले २ रन बनाए।

त्यसपछि आलिसान सराफूले ३९ बलमा २९ रन बनाए। उनले २ चौका प्रहार गरे। बसिल अहमद १४ रन बनाउँदा आयल अफजाल खानले २६ रन बनाए। अहमद राजा २७ रनमा नटआउट रहे।

नेपालका गुल्सन झाले २ तथा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट झारे। करण केसीले १० ओभरमा ५९ रन खर्चे। सोमपालले १० ओभरमा ६३ रन खर्चे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित