Khabar Samachar

अमेरिकामा गोली चल्यो, तीन फुटबल खेलाडीको मृत्यु

216
VIEWS

 

अमेरिकामा अन्धाधुन्ध गोली आक्रमणमा परी युनिभर्सिटी अफ भर्जिनियाको फुटबल टोलीका तीन सदस्यको मृत्यु भएको छ। भर्जिनियाको कार्लोट्सभिल्लेमा घुमघामबाट फर्किएका विद्यार्थी चढेको बसमा अन्धाधुन्ध गोली आक्रमण भएको हो।

 

युनिभर्सिटी प्रहरीले दिएको जानकारीअनुसार यो घटनामा संलग्न रहेको आरोपमा २२ वर्षीय एक विद्यार्थी पक्राउ परेका छन्।

स्थानीय समयअनुसार आइतबार राति साढे १० बजे उक्त आक्रमण भएको हो। आक्रमणको घटनासँगै विद्यालयको प्रशासनले सामाजिक सञ्जाल ट्वीटरमार्फत मानिसहरुलाई सुरक्षित स्थानमा लुक्न सुझाव दिएको थियो। यो चेतावनी रातभर र बिहानसम्म पनि जारी राखिएको थियो।

मृत्यु हुने विद्यार्थीहरुमा डोभिन चान्डलर, लाभेल डेभिस र डेसेन पेरी छन्।

उनीहरुमध्ये दुईजनाको घटनास्थलमा नै र एकजनाको उपचारको क्रममा अस्पतालमा ज्यान गएको प्रहरीले बताएको छ।यो घटनामा परी थप दुईजना घाइते भएका छन्। जसमध्ये एकजनाको अवस्था गम्भीर छ भने अर्का एकजनाको अवस्था सामान्य रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित