Skip to main content

Khabar Samachar

Search
Close this search box.

प्रेम आले डोटीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

211
VIEWS

नेकपा एकीकृत समाजवादीका नेता प्रेम आले डोटीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

बिहीबार बिहान सम्पन्न मत परिणामअनुसार उनी नेकपा एमालेकी नेतृ गौरी ओलीलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

आलेले एमाले नेतृ ओलीलाई ४ हजार २०६ मतले पराजित गरेको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ।

डोटीका मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेयले २७ हजार २१० मत प्राप्त गरी आले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको नेपालखबरलाई जानकारी दिए।

उनका अनुसार निकटतम प्रतिस्पर्धी ओलीले २३ हजार ४ मत प्राप्त गरेको जानकारी दिए। स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले ६ हजार ६८९ मत प्राप्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित