Khabar Samachar

सीके राउत नेतृत्वको जनमत बन्यो राष्ट्रिय पार्टी

209
VIEWS

सीके राउत नेतृत्वको जनमत पार्टी राष्ट्रिय पार्टी बनेको छ । प्रत्यक्षमा एक सिट जितेको जनमतले समानुपातिकमा पनि ३ प्रतिशतको थ्रेस होल्ड कटाएको हो । समानुपातिक तर्फ कुल खसेको करिब १ करोड ९ लाख मतमध्ये हालसम्म गणना भएको ९७ लाख २२ हजार ९५२ मतमै सीके राउतको पार्टीले ३ प्रतिशतको थ्रेस होल्ड हटाएको हो । थ्रेस होल्ड कटाउन सबै १ करोड ९ लाखको सबै सदर मत भएपनि सीके राउतको पार्टीले ३ लाख ३ हजार मत ल्याउनुपर्ने हो । तर, हालसम्मको गणनामै सो पार्टीले ३ लाख २० हजार मत कटाइसकेको छ । यससँगै थ्रेस होल्ड कटाउने पार्टीको संख्या ७ पुगेको छ । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले भने अहिले सम्म थ्रेस होल्ड कटाउने मत प्राप्त गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित