Khabar Samachar

शुक्रबारबाट नेपाली फिल्म ‘पासो’ प्रदर्शनमा

234
VIEWS

शुक्रबारबाट एकमात्र फिल्म ‘पासो’ प्रदर्शनमा आएको छ ।

आर बी पुनको निर्देशनमा तयार भएको तथा भगवान भुजेल निर्माता रहेको फिल्म ‘पासो’ले निर्मातालाई राहत दिने अपेक्षा गरिएको छ । फिल्मको ट्रेलरबाट नै यसको कथावस्तु केही भिन्न रहेको र प्रस्तुतिमा निर्देशकले नयाँपन खोजेको अनुमान गर्न सकिन्छ ।

अपहरणपछि २ युवतीले बाँच्नका लागि गर्ने संघर्षको कथामा निर्माण भएको फिल्ममा रिस्ता बस्नेत र सुनिशा बजगाँइ, रामकुमार बस्ताकोटी, प्रतिक दुलाल, प्रणव आकाशको मुख्य भूमिका छ । फिल्म आर.बी पुनले निर्देशन गरेका हुन् ।
कथा, पटकथा, संवाद समेतको निर्देशन आर.बीकै रहेको फिल्मको कुमार राउत कार्यकारी निर्माता हुन् । वसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना र सरस्वती गुरुङ सह–निर्माता रहेको सुर्य दयालुको संगीत, उत्तम हुमागाँइको छायांकन र सुरेश बस्यालको कोरियोग्राफी छ । फिल्म बी.आर इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको हो ।

यो फिल्ममा काम गर्दा आफू १० दिनसम्म एउटा बक्सा भित्र बन्द भएको रिस्ताले बताइन् । फिल्म खिच्दा खिच्दै कैयौं पटक आफूले अब काम गर्न सक्दिनँ समेत भनेको रिस्ता बताउँछन् । कतिपय समयमा त पेन किलर खाएर काम गरेको उनले सुनाइन् ।

सुनिशाले भने ५ दिनसम्म हात बाँधेर काम गरेकी थिइन् । ५ दिनसम्म हात बाँधेर काम गर्दा निक्कै गलेको अनुभव सुनाउँदै सुनिशाले दर्शकले फरक स्वादको फिल्म हेर्न पाउने तर्क गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित