Khabar Samachar

‘हनिट्रयाप’ मा पारेर करोडौं बार्गेनिङ गर्ने तीन जना पक्राउ

203
VIEWS

 

दाङ तुलसीपुरका एक ब्यापारीसँग यौन सम्बन्धको प्रस्ताव गरि ठूलो रकम वार्गेनिङ गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई जना महिला र एक जना पुरुष रहेका छन्।

गढवा गाउँपालिका ६ घर भई हाल तुलसीपुर ६ दशरथ टोल बस्ने ३५ वर्षीया अनुष्का सिंह भन्ने कृष्णा गहतराज, तुलसीपुर उपमहानगरपालिका १८ की ३८ वर्षीया कृष्णाकुमारी बस्नेत र घोराही उपमहानगरपालिका १० नारायणपुरका २६ वर्षीय जनक भनिने रुद्रबहादुर केसी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

उनीहरुलाई घोराही १६ मा रहेको कबिला रिसोर्टबाट पक्राउ गरिएको दाङका प्रहरी प्रवक्ता डीएसपी राजन गौतमले जानकारी दिए।
बलात्कारको मुद्दा हाल्ने भन्दै उनीहरुले पीडित व्यवसायीसँग करोडौं रुपैयाको बार्गेनिङ गर्ने गरेका थिए।

जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीका अनुसार उनले विभिन्न व्यक्तिहरूलाई फरक–फरक आफ्नो परिचय बताउने गरेकी थिइन्। कतिलाई उनले दुर्गी भनेर पनि परिचय दिने गरेकी थिइन्।

‘पाँच करोडदेखि बार्गेनिङ सुरू गरेको तथ्य खुलेको छ र पटक पटक गरी झन्डै २० लाख रुपैयाँ असुलेको खुलेको छ,’ डिएसपी गौतमले भने ‘ यसमा अरूहरू पनि जोडिएको भन्ने छ र थप अनुसन्धान बाँकी नै छ।’

केही वर्ष पहिले कृष्णी र ती पुरूषको बीचमा चिया गफका क्रममा चिनजान भएको थियो। महिलाले दुःख देखाएपछि पीडित भनेका पुरुषले उनलाई खर्च दिँदै आएका थिए। त्यही क्रममा उनीहरूका बीचमा शारीरीक सम्बन्ध पनि हुँदै आएको अनुसन्धानबाट खुलेको प्रहरी अधिकारीले बताए।

एक वर्ष पहिला उनीहरूका बीचमा जे–जस्तो भए पनि अबदेखि एक अर्कालाई कुनै यातना नदिने सर्तमा बाँकेको नेपालगञ्जमा कागज पनि भएको थियो।

‘वकिललाई कागज लेख्न पठाई ती पुरुषले विश्वकर्मालाई झन्डै १५ लाख दिएको देखिन्छ,’ डिएसपी गौतमले भने, ‘तर,पनि ती महिलाले सहमतिविपरीत विगतका प्रमाणहरू संकलन गरी पटक/पटक बार्गेनिङ गर्दै आएको खुलेको छ।’

यो बीचमा पनि ती पुरुषले घर परिवार र आफन्त कसैलाई नभनी एक्लै आफ्नो समस्या समाधानको विकल्प खोज्दै आएका थिए। विश्वकर्माले कि नगद दिन त्यो सम्भव नभए घर वा घडेरी आफ्नो नाममा गरिदिन चेतावनी दिँदै आएकी थिइन्।

पछिल्लो समय उनले सोही व्यहोराको म्यासेज ती पुरुषका आफन्त मात्रै नभई श्रीमती र छोरीलाई समेत म्यासेज पठाउने गरेकी थिइन्।

विश्वकर्माले म्यासेज गर्दै पाँच करोडसम्म नदिए बलात्कारको मुद्दा हालिदिने चेतावनी  दिँदै आएकी थिइन्।

श्रीमती र छोरीले समेत विश्वकर्माको धम्की र बार्गेनिङको यातना खेप्नु परेपछि उनीहरूकै ढाडस तथा सहयोगमा पीडित पुरुष जिल्ला प्रहरी कार्यालयमा पुगेर लिखित जाहेरी दिएका थिए।

पछिल्लो समय मंसिर १६ गते बेलुका ५ बजे घोराही–१७ स्थित कबिला रिसोर्टमा विश्वकर्माले ती पुरुषलाई पैसा लिएर आउन चेतावनी दिएकी थिइन्। जहाँ ती पुरुष करिब पाँच लाख रुपैयाँ लगेर विश्वकर्मालाई बुझाउन गएका थिए।

त्यो  सूचना थाहा पाएर पुगेको प्रहरीले विश्वकर्मालाई रकम बुझ्दै गर्दा नियन्त्रणमा लिएको डिएसपी गौतमले बताए।

पक्राउ परेका अन्य दुई जनाले पीडित पुरुषलाई पटक/पटक फोन सम्पर्क गर्ने, चिया नास्ता खान बोलाउने अनि कहिले महिला अधिकार र मानव अधिकारका कुरा गर्दै रकम तिर्न दबाब सृजना गरेको तथ्य खुलेको डिएसपी गौतमले जानकारी दिए।

‘विश्वकर्मालाई देखाएर उनीहरू दुई जना पनि पीडितबाट रकम असुल्ने र बाँडीचुडी भागबण्डा गर्ने गरेको नियत खुलेको छ,’ डिएसपी गौतमले भने, ‘यसमा अन्य मानिसहरू पनि जोडिएको तथ्य खुलेको छ र उनीहरूको खोजी कार्य जारी छ।’

पक्राउ परेका तीनै जनाविरूद्ध अपराधिक लाभ –एक्सटर्शन कसुर अन्तर्गत मुद्दा दायर गरी थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

‘मोबाइलका म्यासेज र कल रेकर्ड हेर्दा करोडबाट बार्गेनिङ सुरु हुन्छ’ डीएसपी गौतमले भने ‘पीडितले आएर उजुरी गर्नुभयो। उजुरीपछि रिसोर्टमा बार्गेनिङ गर्दै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएका हौं।’

पछिल्लो समय पुरुषसँग सम्बन्ध बढाउने अनि सम्बन्धलाई हतियार बनाएर पैसाको ठूलो बार्गेनिङ गर्ने प्रचलन बढेको छ। तर थोरै मात्र प्रहरीमा उजुरी पर्ने गरेको छ। कतिपय पर्याप्त प्रमाण नहुँदा र आफ्नो बेइज्जत हुने डरले प्रहरीकोमा जाँदैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित