Khabar Samachar

Search
Close this search box.

आफूलाई सहज हुने गरी कानुन बंग्याउने छुट कसैलाई छैन – शेखर कोइराला

202
VIEWS

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले रेशम चौधरीलाई जेलबाट छुटाउने गरी सरकारले ल्याएको अध्यादेशको विरोध गरेका छन्।

सोमबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले अध्यादेशमार्फत् कानुन संशोधन गरी अदालतले दोषी ठहर्‍याएकालाई माफी दिने प्रयास गरिनु कानुनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास गर्नु भएको बताएका छन्।

उनले लेखेका छन्-  अध्यादेशमार्फत् कानुन संशोधन गरी अदालतले दोषी ठहर्‍याएकालाई माफी दिने प्रयास गरिनु कानुनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास गर्नु हो। आफू अनुकुलको राजनीतिक सहजताको लागि कानुनलाई बङ्ग्याउने छुट कसैलाई छैन। भोलि यसले गलत नजिर बस्न जान्छ।

यसअघि कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि उक्त अध्यादेशको विरोध गर्दै फिर्ता लिनुपर्ने बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित