Khabar Samachar

Search
Close this search box.
Search
Close this search box.

विश्वकपको फाइनल पोल्याण्डका रेफ्रि साइमनले खेलाउने

214
VIEWS

फिफा विश्वकपको फाइनल खेल पोल्याण्डका रेफ्रि साइमन मर्चिनियाकले खेलाउने भएका छन्।

आइतबार राति हुने अर्जेन्टिना र फ्रान्सबीचको फाइनल खेल साइमनले खेलाउने फिफा र पोलिस फुटबल एसोसियसनले बताएको हो।

४१ वर्षिय साइमनले सन् २०१८ को रसिया विश्वकपमा डेब्यु गरेका थिए। साइमनले यसअघि नकआउट चरणमा अर्जेन्टिना र अष्ट्रेलियाको तथा समुह चरणमा फ्रान्स र डेनमार्कबीचको खेल खेलाएका थिए।

फाइनल खेल अल दायनस्थित लुसैल स्टेडियममा राति ८ः४५ बजे सुरु हुनेछ।

उनलाई पावेल सोकोलनिकी र थोमसले असिस्ट गर्नेछन्। फोर्थ अफिसियलमा इस्माइल एल्फाथ छन्। यसअघि अर्जेन्टिना र नेदरल्याण्ड्सबीचको क्पार्टरफाइनल र फ्रान्स र मोरक्कोबीचको सेमीफाइनल खेलाउने रेफ्रिविरुद्ध उजुरी परेको थियो।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित