Khabar Samachar

पार्टीलाई अब राम्ररी अगाडि बढाएर लैजान्छौँ : शेरबहादुर देउवा

201
VIEWS

नेपाली कांग्रेस संसदीय दलको नेतामा विजयी भएपछि शेरबहादुर देउवाले अब पार्टीलाई राम्ररी अगाडि बढाएर लैजाने बताएका छन्।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छोटो प्रतिक्रिया दिँदै उनले भने, ‘अब पार्टीलाई राम्ररी अगाडि बढाएर लैजान्छौँ। सबैलाई मिलाएर लैजान्छौँ।’

देउवाले दलको निर्वाचनमा ६४ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी महामन्त्री गगन थापाले २५ मत पाए। देउवा ३९ मतको अन्तरमा विजयी भए।

उनी यो जितसँगै अब छैटौँ पटक प्रधानमन्त्री हुने दौडमा छन्। देउवाले यसअघि नै पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट कांग्रेसकै नेतृत्वमा सरकार बनाउने निर्णय गराइसकेका छन्।

देउवा यसअघि २०७८ असार २८ गते पाँचौँ पटक प्रधानमन्त्री भएका थिए। अब उनी छैटौँ पटकको प्रधानमन्त्री पदको दौडमा अगाडि देखिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित