Skip to main content

Khabar Samachar

Search
Close this search box.

बालकोटमा रवि लामिछाने र केपी ओलीबीच वार्ता

208
VIEWS

 

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने बालकोट पुगेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न उनी आइतबार बालकोट पुगेका छन्।

सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसिमा सकिनु केही समय अगाडि लामिछाने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका हुन्।

सत्ता गठबन्धन दलको बैठकमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा नमिलेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बैठक छोडेर बाहिरिएका थिए।

बैठकबाट बाहिरिएका अध्यक्ष प्रचण्ड बालकोट जाने तयारीमा छन्। महासचिव देव गुरूङ पनि बालकोटमै छन् भने लामिछाने पनि बालकोट पुगेका हुन्। प्रतिनिधि सभामा रास्वपाका २० जना सांसद छन्।

यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि बालकोट पुगेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित