Khabar Samachar

एमाले-माओवादी गठबन्धनको सरकार निर्माण भए समाजवादी प्रतिपक्षमै बस्ने

206
VIEWS

एमाले-माओवादी गठबन्धनको सरकार निर्माण भएमा एकीकृत समाजवादी प्रतिपक्षमै बस्ने भएको छ।

समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले-माओवादी गठबन्धनको सरकार बनेमा आफ्नो पार्टी प्रतिपक्षमै बस्ने बताएका हुन्।

‘सत्ता गठबन्धनमा सहमति नजुटेपछि माओवादी केन्द्र बालकोट पुगेको छ। हामी कतै पनि जादैनौं। आलोकनगरमै बस्छौं। दुई पार्टीबीच सहमति भए संसदमा समाजवादी प्रतिपक्षमै बस्छ,’ उनले सेतोपाटीमा भने।

बालुवाटारको त्रिपक्षीय बैठकमा समहमति हुन नसकेपछि अध्यक्ष माधवकुमार नेपालले बैठकबारे पार्टी कार्यालय आलोकनगरमा नेताहरूलाई ब्रिफिङ गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित