Skip to main content

Khabar Samachar

Search
Close this search box.

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मागे निर्मला पन्त केसको अपडेट

218
VIEWS

पदभार ग्रहण गरेलगत्तै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणबारे अपडेट मागेका छन्।

लामिछानेको पदभार ग्रहणका बेला उपस्थित भएका गृह सचिव विनोद सिंहसँग निर्मला पन्तको घटनाबारे अपेडट गराउन निर्देशन दिएका हुन्।

‘निर्मलाको पन्तको घटनाको अपडेट पनि गर्नुहोला’, लामिछानेले निर्देशन दिँदै भने, ‘अपडेट मलाई गर्नुहोला। उक्त घटनामा न्यायका लागि अधिकतम पहल गर्ने निर्णय लेख्नुहोला।’

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको २०७५ साल साउन ११ गते बलात्कारपछि हत्या भएको थियो।गृह मन्त्रालयले विभिन्न टोली बनाएर उक्त घटनाको छानबिन गरेको भए पनि अझैसम्म हत्यारालाई पक्राउ गर्न सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित