Khabar Samachar

Search
Close this search box.

अब भ्रष्टाचार गर्ने दिन गए – उपप्रधान एवम् भाैतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ

210
VIEWS

उपप्रधान एवम् भाैतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।

साेमबार मन्त्री पदमा नियुक्त भएसँगै उनले अपरान्ह ४ बजे राष्ट्रपति कार्यालयमा पद तथा गाेपनियताकाे सपथ लिएका थिए ।

शपथ ग्रहण पछि आयाेजित पहिलो मन्त्रिपरिषद् बैठक सकिए लगत्तै उपप्रधानमन्त्री श्रेष्ठ पदभारका लागि मन्त्रालयमा आइपुगेका थिए ।

मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले भ्रष्टाचार र पैसाका लागि मन्त्रालयमा हुने अवाञ्छित कार्य गर्ने दिन अब सकिएको बताए ।‘पैसा र भ्रष्टाचारका लागि मन्त्रालय, कानुन बनाउने, मन्त्रालयलाई कब्जामा लिने दिन गए/सकिए भनेर बुझ्दा हुन्छ’ मन्त्री श्रेष्ठले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित