Khabar Samachar

दिनमणि पोखरेल महान्यायाधिवक्ता नियुक्त

214
VIEWS

सरकारको प्रमुख कानूनी सल्लाहकार मानिने महान्यायाधिवक्तामा अधिवक्ता दिनमणि पोखरेल नियुक्त हुने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरेललाई महान्यायाधिवक्ता नियुक्तिको तयारी गरेका हुन् ।

माओवादी आन्दोलनमा निकट रहेर लामो समय काम गरेका पोखरेलले अहिलेसम्म महत्वपूर्ण अवसर पाएका थिएनन् । उनी सर्वोच्च अदालतको न्यायाधीशका दाबेदारसमेत थिए । स्रोतका अनुसार पोखरेल नियुक्त हुने निश्चित भएको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गरेपछि प्रधानन्यायाधीशले महान्यायाधिवक्तालाई शपथ गराउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित