Khabar Samachar

नेपाली सेनाका उपरथी प्रेम शाही सैनिक प्रहरी नियन्त्रणमा

210
VIEWS

नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक प्रहरी गणले नियन्त्रणमा लिएको छ ।

शाहीले आफ्नो पदावधि एक वर्ष बाँकी रहेको दाबी गर्दै नेपाली सेनाको जंगीअड्डा र रक्षा मन्त्रालयविरुद्ध ७ पुसमा सर्वोच्च अदालतमा रिट दायर गरेका गरेका थिए ।

नेपाली सहायक रथी एवम् प्रवक्ता कृष्णप्रसाद भण्डारीले शाहीलाई व्यारेकमा बस्ने गरी तानिएको जानकारी दिएका छन्।

भण्डारीले उमेरबारे विवादमा नभइ आर्थिक अनुशासनको विषयमा शाहीलाई ब्यारेकभित्र बस्न जंगी अड्डाले निर्देशन दिएको बताए। सेनाले उनीमाथि भ्रष्टाचार आरोपमा छानबिन गरेर कारबाही अघि बढाएको हो।

‘उहाँ (शाही) लाई अवकाशको उमेरसँग सम्बन्धित कुरामा ब्यारेकमा तानिएको होइन। हिरासतमा राखिएको होइन, ब्यारेकमा बस्न निर्देशन भएको हो’, भण्डारीले नेपालखबरसँग भने, ‘पहिलेदेखिकै आर्थिक अनुशासनसम्बन्धी छानबिन भइरहेको विषयमा हो।’

उनले आर्थिक अनुशासनसम्बन्धी अनुसन्धानलाई टुंगोमा पुर्‍याउने गरी शाहीलाई जंगी अड्डाको ब्यारेकमा राखिएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित