Khabar Samachar

सर्वोच्च बारको अध्यक्षमा हरिशङ्कर निरौला विजयी

201
VIEWS

सर्वोच्च बार एशोसिएशनको ३४औँ नयाँ कार्यसमिति चयन लागि भएको निर्वाचनमा बृहत् लोकतान्त्रिक समूहबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौला विजयी भएका छन् । उनी दुई सय ८९ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिस्पिर्धी प्रगतिशीलबाट वरिष्ठ अधिवक्ता तुलसी भट्टको दुई सय ७५ मत प्राप्त भएको छ ।उपाध्यक्षमा लोकतान्त्रिकका जगदीशप्रसाद पाण्डे, सचिवमा प्रगतिशीलका श्यामकुमार खत्री, सहसचिवमा लोकतान्त्रिकबाट सुजन लोप्चन र कोषाध्यक्षमा प्रगतिशीलबाट कपिलचन्द्र पोखरेल विजयी भएका छन् । एक महिला सदस्यमा प्रगतिशीलबाट सिर्जना कँडेल विजयी भएकी छन् ।सदस्यहरूमा लोकतान्त्रिक उत्तमराज पाठक, भीमप्रसाद ढकाल, रुपनारायण श्रेष्ठ, रेशमराज रेग्मी, रामबहादुर राउत, सुमनकुमार केसी विजयी भएका छन् भने प्रगतिशीलबाट प्रभुजी पन्त, अनुपराज उप्रेती र देवी रेग्मी पोखरेल विजयी भएका छन् । पाँच पदाधिकारी र १० सदस्य गरी १५ जनाको नयाँ पदाधिकारीका लागि भएको निर्वाचनबाट विजयीको कार्यकाल दुई वर्ष हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित