Khabar Samachar

Search
Close this search box.

काठमाडौँ आइपुगे नेपालका लागि नयाँ चिनियाँ राजदूत

200
VIEWS

नेपालका लागि नयाँ चिनियाँ राजदूत छन सोङ कार्यभार सम्हाल्न आज काठमाडौं आइपुगेका छन्।

आइतबार काठमाडौं आइपुगेका उनले नेपाल-चीनबीचको सदियौं पुरानो सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन भूमिका खेल्ने बताएका छन् ।

चेन नेपालका लागि २२ औं चिनियाँ राजदूत हुन् । यसअघिकी राजदूत होउ यान्छी कार्यकाल पूरा गरी स्वदेश फर्किएपछि चीनले चेनलाई नयाँ राजदूतको रुपमा नियुक्त गरेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान पत्रकार सम्मेलन गर्दै उनले चीन र नेपाल सरकारबीच भएका महत्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्दै द्वीपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन भूमिका खेल्ने बताए ।

‘थोपा–थोपाले ट्यांकी भरिन्छ’ भन्ने नेपाली उखान र ‘सबैले दाउरा थपेपछि आगो बल्छ’ भन्ने चिनियाँ उखान उद्धृत गर्दै उनले नेपाल–चीन सम्बन्ध अझ कसिलो र मैत्रीपूर्ण बनाउन आफूले पनि त्यसैगरी योगदान दिने बताए ।

सबै क्षेत्रका नेपालीहरुबाट नजिक भएर काम गर्न चाहेको बताउँदै उनले नेपालको विकास, समृद्धि र चिरस्थायी मित्रतामा सहयोग गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित