Khabar Samachar

देउवा र मोदीबीच भएका चार सम्झौता

214
VIEWS

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चार सम्झौतामा हस्ताक्षर गरेका छन् । भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री देउवा र मोदीबीच शनिवार नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेटोलियम पदार्थ आपूर्ति, नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनबीच प्रविधिक विज्ञता आदान–प्रदानबारे सम्झौता भएको हो ।

देउवा र उनका समकक्षी नरेन्द्र मोदीबीच एकल र प्रतिनिधिमण्डल स्तरीय भेटवार्तापछि उक्त समझदारीपत्रमा दुवैतर्फका सरकारी अधिकारीले हस्ताक्षर गरेका थिए।

इन्टरनेशनल सोलार एलाइन्समा नेपालको प्रवेश सम्बन्धि समझदारी, भारतीय आयल निगम र नेपाल आयल निगमबीच पेट्रोलियम पदार्थ आपुर्ती सम्झौता, भारतीय आयल निगम र नेपाल आयल निगमबीच प्राबिधिक सहयोग अर्को सम्झौता र सीमापार रेल सम्बन्धि प्राविधिक सहयोग सम्बन्धि समझदारी पत्रमा नेपाल र भारतबीच हस्ताक्षर भएको हो।

सीमापार रेलसम्बन्धी प्राविधिक सहयोग समझदारी अनुसार रेल सञ्चालनका लागि आवश्यक प्राविधिक जनशक्ति उत्पादनमा भारत सरकारले सघाउनेछ।

नेपालका विश्वविद्यालयको पाठ्यक्रममा रेल्वे विषय समावेश गरी अध्यापन गराउन भारतले सहयोग गर्ने पनि समझदारीमा उल्लेख छ। त्यस्तै, रेलसेवामा काम गर्ने इन्जिनियरलाई तालिम दिने र भारतले रेल विषय अध्ययन गर्न चाहनेलाई छात्रवृत्ति उपलब्ध गराउने विषय पनि उक्त समझदारीमा समेटिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित