Khabar Samachar

भूकम्पका कारण टर्की र सिरियामा गरी करिब तीन सय जनाको मृत्यु

206
VIEWS

भूकम्पका कारण टर्की र सिरियामा गरी करिब तीन सय जनाको मृत्यु भएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार टर्कीमा सोमबार गएको ७.८ म्याग्निच्युटको भूकम्पका कारण दुई देशमा तीन सय जनाको मृत्यु भएको हो । सयौं व्यक्तिहरु घाइते भएका छन् । भौतिक संरचनाहरु पनि ध्वस्त भएका छन् ।

त्यसलगत्तै सिरियाको स्वास्थ्य मन्त्रालयका अनुसार २३० जनाको मृत्‍यु भएको छ । यस्तै टर्कीका अधिकारीहरुले आफ्नो देशमा ७६ जनाको मृत्‍यु भएको र ४४० जना घाइते भएको बताएका छन् ।

भूकम्पको धक्का साइप्रस, लेबनान, इजरायल र प्यालेस्टाइनमा समेत महसुस गरिएको थियो । टर्कीको गाजियानटेप निवासी अर्डेमले रोयटर्ससँग कुरा गर्दै यत्तिको कडा धक्का अहिलेसम्म महसुस नगरेको बताएका छन् ।भूकम्पले पुर्याएको क्षति पछि टर्की सरकारले देशमा संकटकाल घोषणा गरेको छ । टर्कीका गृहमन्त्रीले देशका १० वटा शहरमा भूकम्पले बढी क्षति पुर्‍याएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित