Khabar Samachar

साफ यू-२० महिला च्याम्पियनसिपमा नेपाल उपविजेता

225
VIEWS

बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा बिहीबार साँझ घरेलु टोलीसँग  नेपाल ३-० गोलले पराजित भयो ।

पहिलो हाफको अन्त्यतिर दुई गोल गर्दै बंगलादेशले नेपालमाथी दबाब बनाएको थियो । घरेलु टोलीले ४१ र पहिलो हाफको इन्जुरी समयमा गोल गरेको थियो । तेस्रो गोल ८६ औँ मिनेटमा गरेको हो । नेपालले साफ महिला फुटबलको कुनैपनि स्तरको प्रतियोगिता हालसम्म जित्न सकेको छैन ।

सिनियर साफ महिला च्याम्पिनयसिपका सबै ६ संस्करणमध्ये पाँचवटामा फाइनलमा पराजित भएको थियो भने दक्षिण एसियाली-सागअन्तर्गत महिला फुटबलका सबै तीन संस्करणमा उपविजेतामा सिमित भएको थियो । उमेरस्तरतर्फ सन् २०१८ मा आयोजना भएको पहिलो साफ यू-१८ महिला च्याम्पियनसिपमा फाइनलसम्म पुगेपनि बंगलादेशले उपाधि जित्नबाट रोकेको थियो ।

पछिल्लो समय बंगलादेश दक्षिण एसियाली महिला फुटबलमा लगातार हावी भइरहेको छ । बंगलादेशले सिनियर साफ महिला च्याम्पियनसिपमा भारतको लगातारको दबदबा गत वर्ष तोडेको थियो। सन् २०२१ मा बंगलादेशले साफ यू-१९ महिला च्याम्पियनसिपको पनि उपाधि जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित