Khabar Samachar

Search
Close this search box.

एयरपोर्टको बार भत्काएबापत बालेनलाई स्पष्टीकरण नसोध्न क्यानलाई उच्च अदालतको आदेश

215
VIEWS

उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका मेयर बालेन शाहलाई कारबाही प्रक्रिया अघि नबढाउन नेपाल नागरिक उड्डयन प्राधिकरणका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

बिहीबार न्यायाधीश धिरबहादुर चन्दको इजलासले बालेन शाहसँग प्राधिकरणले माग गरेको स्पष्टीकरण नबुझाएका आधारमा कारबाही प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिँदै अन्तरिम आदेश छलफलका लागि आगामी मंगलबार दुबै पक्षलाई बोलाएको छ ।

प्राधिकरणले १ असारमा बालेन शाहलाई पत्र लेखी ७ दिनभित्र स्पष्टीकरण पेश गर्न पत्र पठाएको थियो । प्राधिकरणको पत्र अनुसार बालेनले बिहीबारसम्म स्पष्टीकरण पेश गर्नुपर्ने थियो, अन्यथा प्राधिकरणले उनीविरुद्ध कारबाही प्रक्रिया सुरु गर्न सक्थ्यो । तर अदालतको आदेशपछि प्राधिकरणको कारबाही प्रक्रिया मंगलबारसम्मका लागि रोकिएको छ ।

काठमाडौं महानगरपालिका–९ मा नागरिक उड्डयन प्राधिकरणको निर्माणाधीन भवन नक्सापास नभएको भन्दै महानगरपालिकाको नगर प्रहरीले फेन्सिङ तार काटेको थियो । प्राधिकरणले ३२ जेठमा विमानस्थल क्षेत्रमा प्रवेश गरी नगर प्रहरीले फेन्सिङ तार काट्नु नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ विपरीत रहेको र यो काममा मेयर बालेन शाहको पनि संलग्नता देखिएको भन्दै स्पष्टीकरण माग गरेको थियो ।

१ असारमा बालेन शाहलाई पत्र लेखी प्राधिकरणले नागरिक उड्डयन प्राधिकरण ऐन को दफा ७ को कसुरमा किन कारबाही नगर्ने भन्दै ७ दिनभित्र स्पष्टीकरण दिन बालेनलाई आग्रह गरेको थियो ।

तर बालेनले प्राधिकरणको उक्त स्पष्टीकरण पत्र कार्यान्वयन नगर्न माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित