मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एक स्टाफ नर्स मृत भेटिएकी छन् । अस्पतालनजिकै डेराको बाथरुममा चन्द्रिकाकुमारी दासको शव शंकास्पद अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।
शरीरका केही भागमा धारिलो हतियारको चोट देखिएकाले उनको हत्या भएको प्रारम्भिक अनुमान रहेको मोरङका एसपी नवराज कार्कीले बताए ।
‘हामीले प्रहरी टोली घटनास्थल पठाइसकेका छौं । अनुसन्धान भइरहेको छ’, कार्कीले भने ।
डेरा बसेको घरको कोठाभित्रको शौचालयमा दिउँसो १२ बजेतिर शव फेला परेको हो ।
विराटनगर महानगरपालिका– ४ मा डेरा बस्दै आएकी २२ वर्षीया स्टाफ नर्स चन्द्रिकाकुमारी दासको हत्या भएको हो ।






























Discussion about this post