Skip to main content

Khabar Samachar

Search
Close this search box.

काठमाडौंका पालिकामा कांग्रेसले टुंग्यायो प्रमुख उपप्रमुख

219
VIEWS

 

नेपाली कांग्रेसले काठमाडौंका पालिकाहरुमा उम्मेदवार टुंग्याएको छ।बागमती प्रदेश संसदीय समितिको आइतबार बसेको बैठकले काठमाडौंका ८ पालिकाहरुमा उम्मेदवार टुंग्याएको हो।प्रदेश कार्यालयका मुख्य सचिव राजु नेपालका अनुसार कागेश्वरी मनोहरा नगरपालिकामा उपेन्द्र कार्कीलाई प्रमुखमा उठाउने भएको छ।नागार्जुन नगरपालिकामा मोहनबहादुर बस्नेत र कल्याणी खड्का, बूढानीलकण्ठ नगरपालिकामा विनोद चालिसे तथा शंखरापुर नगरपालिकामा ओम कार्की र समित श्रेष्ठलाई टिकट दिइएको नेपालले जानकारी दिए।​

गोकर्णेश्वर नगरपालिकाको प्रमुखमा दीपक रिसाल र उपप्रमुखमा शान्ति नेपाल, चन्द्रागिरि नगरपालिकाको प्रमुखमा घनश्याम गिरी र उपप्रमुखमा​ यमुनादेवी श्रेष्ठ तथा दक्षिणकाली नगरपालिकाको प्रमुखमा मोहन बस्नेत र उपप्रमुखमा बसन्ती तामाङलाई टिकट दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित