Khabar Samachar

काठमाडौंका पालिकामा कांग्रेसले टुंग्यायो प्रमुख उपप्रमुख

218
VIEWS

 

नेपाली कांग्रेसले काठमाडौंका पालिकाहरुमा उम्मेदवार टुंग्याएको छ।बागमती प्रदेश संसदीय समितिको आइतबार बसेको बैठकले काठमाडौंका ८ पालिकाहरुमा उम्मेदवार टुंग्याएको हो।प्रदेश कार्यालयका मुख्य सचिव राजु नेपालका अनुसार कागेश्वरी मनोहरा नगरपालिकामा उपेन्द्र कार्कीलाई प्रमुखमा उठाउने भएको छ।नागार्जुन नगरपालिकामा मोहनबहादुर बस्नेत र कल्याणी खड्का, बूढानीलकण्ठ नगरपालिकामा विनोद चालिसे तथा शंखरापुर नगरपालिकामा ओम कार्की र समित श्रेष्ठलाई टिकट दिइएको नेपालले जानकारी दिए।​

गोकर्णेश्वर नगरपालिकाको प्रमुखमा दीपक रिसाल र उपप्रमुखमा शान्ति नेपाल, चन्द्रागिरि नगरपालिकाको प्रमुखमा घनश्याम गिरी र उपप्रमुखमा​ यमुनादेवी श्रेष्ठ तथा दक्षिणकाली नगरपालिकाको प्रमुखमा मोहन बस्नेत र उपप्रमुखमा बसन्ती तामाङलाई टिकट दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित